सामान्य अंकले घटेको बजारमा साढे एक अर्बको कारोबार, सबैभन्दा बढी एनसीसी बैंकको

  २०७३ चैत ३१ गते १५:३७     विकासन्युज

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ५ दशमलब ९४ अंकले घटेर १६९७ दशमलब १३ अंकमा झरेको छ ।

बिहीबार नेप्से परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन एक अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ५२ करोड रुपैयाँ घटी हो । बिहीबार कुल १४३ कम्पनीको २१ लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ ।

घटेको बजारमा पनि एनसीसीको बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार बैंकको १७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ४५४ रुपैयाँ रहेको छ । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार बीमा र विकास बैंक समूह बाहेका कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक २२ अंकले ओरालो लागेको छ । बीमा र विकास बैंक समूहको परिसूचक भने क्रमशः ६४ र ०.६९ अंकले उकालो लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.