बैशाख ७ गते देखि नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

  २०७३ चैत ३१ गते १३:५३     विकासन्युज

काठमाडौं । बैशाख ७ गतेदेखि राजधानीको भृकुटीमण्डपमा १३ औं अन्तराष्ट्रिय औद्योगीक व्यापार मेलाको आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेला बैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।

बैज्ञानिक खोज र अनुसन्धान आर्थिक विकासका लागि, उद्योगमा प्रविधि प्रतिष्थापन पुस्ता हस्तान्तरण्का लागि भन्ने नारासहित आयोजना हुने मेलालाई विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले सहयोग गरेका छन् । मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको र समग्र राष्ट्रका मौलिक औद्योगिक उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिनेछ । यसका अलावा चीन, भारत, पाकिस्तान र वंगलादेश लगायतका औद्योगिक उत्पादनहरुको समेत प्रदर्शनी हुने सुनिश्चित भएको छ ।

मेलामा २३६ वटा स्टलहरु रहनेछन् । जसमा ६० जना भन्दा बढी नविन प्रविधि अनुसन्धानकर्ताहरु सहितको नवीनतम प्रविधि प्याभिलियन, ३५ वटा स्टलको महिला उद्यमशिलता प्याभिलियन, १० वटा स्टलको बन तथा कृषि सहज कार्यक्रमको प्याभिलियन, खाद्यान्नका स्टलहरु र बाँकीमा औद्योगिक उत्पादनहरु राखिनेछन् ।

प्रदर्शनीको एक लाख भन्दा बढीले अवलोकन गर्ने र करिव ६ करोडको आर्थिक कारोवार हुने लक्ष्य लिइएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.