तिनाउ विकास बैंकको ११ कित्ता ९४ हजार कित्ता हकप्रद निष्कासन, १० कित्ता हुनेलाई साढे ३ कित्ता पाउने

  २०७३ चैत ३१ गते ८:५२     विकासन्युज

काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडले  १ सय रुपैयाँ अ‌कित ११ लाख ९४ हजार ७९६ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको यो बैंकले १० कित्ता हुनेलाई साढे ३ कित्ता (१०ः३.५को अनुपातमा) सेयर दिने भएको छ ।

यो बैैंकले ३४ करोड १३ लाख ७० हजार ३१३ रुपैयाँकोे चुक्ता पुँजीमा ११ करोड ९४ लाख रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको उल्लेख छ ।

यो बैंकले यही बैशाख १९ गतेबाट जेठ २२ गतेसम्मका लागि हकप्रद सेयरको विक्री खुला गर्ने उल्लेख छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।  यसको सेयरका लागि सिद्धार्थ बैंकको सबै शाख, सिद्धार्थ क्यापिटल र तिनाउ बैंकको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.