हल्ला र अनुमानको भरमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

  २०७३ चैत ३० गते १६:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा चलेको/चलाइएको हल्ला र आधारहीन अनुमानको भरमा लगानी नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले धितोपत्र बजारमा लगानी गर्दा देशका विद्यमान आर्थिक परिदृष्य, सूचिकृत संगठित संस्थाहरुको आधारभूत विश्लेषण गरि लगानी गर्न आग्रह गरेको हो ।

साथै, लगानीकर्ता स्वयंको जोखिम बहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी सत्य तथ्य बुझी धितोपत्रमा लगानी गर्न बोर्डको अनुरोध छ ।

हाल विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको धितोपत्र बजारको विभिन्न हल्लाका पछि लाग्दा कतिपय लगानीकर्ताहरु मारमा पर्ने भएकाले बार्डले यस विषयमा ध्यानाकर्षण गराएको हो ।

धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, संवेदनशील सूचनाहरु र भावी योजनाहरुका साथै देशको समग्र आर्थिक अवस्था तथा लगानीकर्ताहरुको बजार प्रतिको विश्वास आदिले समेत प्रभाव पार्ने बोर्डले जनाएको छ ।

साथै, बोर्डले विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको अडकल तथा अनुमान अनुरुप शेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहने कुराको पनि जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.