सेयर बजारमा २ अर्ब रुपैयाँको सेयर कारोबार, सबैभन्दा बढी सुर्या लाइफको

  २०७३ चैत ३० गते १५:२५     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजारमा २ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा वृद्धि भएको छ । मंगलबारको तुलनामा कारोबार रकममा करिब १० करोड रुपैयाँ बढी हो ।

बजारमा सबैभन्दा बढी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकै दिन १० करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सो दिन कम्पनीको सेयर मूल्य पतिकत्ता १२८४ रुपैयाँ रहेको छ ।

सो दिन कारोबार रकममा सुधार आएता पनि नेप्से परिसूचकमा भने गिरावट आएको छ । बुधबार परिसूचक ६ दशमलब ७५ अंकले घटेर १७०३ दशमलब ०७ अंकमा झरेको छ ।

कारोबार भएका होटल, विकास बैंक, फाइनान्स, उत्पादन मूलक , फाइनान्स र अन्य समूहको परिसूचक उकालो लागेका छन् । त्यस्तै, बीमा, हाइड्रोपावर र बैंकिङ समस्हका परिसुचक राताम्मे भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.