बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

  २०७३ चैत ३० गते १२:३७     विकासन्युज

काठमाडौं ।  बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन गरिमा विकास बैंकको र फष्ट माइक्रो फाइनान्सको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३१८ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, नेप्सेले फष्ट माइक्रो फाइनान्सको ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १००७ रुपैयाँ रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.