नेप्सेले पार गर्यो १७०० अंक, एक अर्ब ९० करोडको सेयर कारोबार

  २०७३ चैत २९ गते १५:१९     विकासन्युज

काठमाडौं । मंगलबारको नेप्से परिसूचकले १७०० अंक पार गरेको छ । सो दिन नेप्से परिसूचक ३३ दशमलब ६० अंकले उकालो लागेर १७०९ दशमलब ८२ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

मंगलबार सेयर बजारमा करिब २ अर्बको सेयर कारोबार भएको छ । सो दिन १४४ कम्पनीको ३१ लाख ४ हजार कित्ता सेयर एक अर्ब ९० करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । सो रकम सोमबारको तुलनामा २८ करोड ५० लाख रुपैयाँ बढी हो ।

सबैभन्दा बढी एनसीसी बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ रहेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०३ अंकले उकालो लागेको छ । त्यस्तै, होटल र अन्य समूहको परिसूचक क्रमशः ९ र ३ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.