जनता बैंकको सेयर रजिष्ट्रारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त

  २०७३ चैत २९ गते १४:३२     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र काठमाडौं क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

जनता बैकले त्रिवेणी बिकास बैंक लिमिटेडसँग मर्जर सम्पन्न गरेको र अर्को राष्टियस्तरको “ख”वर्गको ईजाजत प्राप्त सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडलाई एक्विजिशन (प्राप्ति) गर्ने सम्झौता गरेको छ ।

जनता बैंकले यस अगाडी आफ्नो सेयर रजिष्ट्रार सम्बन्धी कार्य आफैले गर्दै आई रहेकोमा त्रिवेणी बिकास बैंकसँगको मर्जर संगै सेयर रजिष्टारमा काठमाडौं क्यापिटललाई नियुक्त गरेको हो । बैकको हाल करिब ५५ हजार शेयरधनी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.