नेपाल लाइफ इन्स्योरेन्सले १० दिनमै दियो १ करोड ८६ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

  २०७३ चैत २९ गते १४:१३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी बापत पोखराका मोति बहादुर गुरुङको परिवारलाई १ करोड ८६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको ईच्छाएको व्यक्ति एवं श्रीमती ईन्द्र कुमारी शाही गुरुङ्गलाई प्रदान गरेका हुन् ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको बताए । साथै, उनले छिटो छरितो मृत्युदावी भूक्तानीका कारण कम्पनी प्रति आम मानिसको बिश्वास बढ्न गई समग्र जीवन बीमा क्षेत्र प्रतिको बिश्वासमा समेत अभिबृद्धि हुने बताएका छन् ।

चुक्ता पूँजी ३ अर्ब ०९ करोड रुपैयाँ रहेको कम्पनीले फागुन मसान्तसम्म करिब १ अर्ब ६४ करोड रुपैयाँ मृत्यूदावी भूक्तानी गरिसकेको छ । साथै, कम्पनीको जीवन बीमा कोष करिब ३७ अर्ब र कुल लगानी करिब ४४ अर्ब रुपैयाँ रहेको छ । चालु आ.व.को फागुन मसान्तसम्म कुल बीमा शुल्क आम्दानी ६ अर्ब ८१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.