नयाँ बर्ष २०७४ मा ‘आहा दामन’

  २०७३ चैत २८ गते १७:१४     विकासन्युज

काठमाडौं । दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टले नयाँ बर्षको अवसरमा ‘आहा दामन’ अफर ल्याएको छ । बैशाख एक महिना भरि लागु हुने ‘आहा दामन’ अफर रिसोर्टले २०६८ सालदेखि सुरु गरेको थियो । यो अफरका अनुसार एक जनाले २०७४ रुपैंयाँ(कर बाहेक)मा एक रातको बास, ब्रेकफास्ट, डिनर र लञ्चको सुबिधा पाउनेछन् ।


न्युनतम २ जनाको समुह हुनुपर्नेछ । पाँच बर्ष भन्दा कम उमेरका बालबालिकालाई शुल्क लाग्ने छैन भने पाँच देखि १२ बर्ष उमेरका बालबालिकालाई ५० प्रतिशत छुटको सुबिधा पनि रहेको छ । तर उनीहरुले कोठा भने सेयर गर्नुपर्नेछ । सो शुल्कमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सर्भिस चार्ज भने जोडिनेछ ।

२५०० मिटरको उचाईमा रहेको एभरेष्ट पानोरमा रिसोर्टबाट संसारका १० अग्ला हिमालमध्ये नेपालमा रहेका ८ वटाको अवलोकन गर्न सकिन्छ । ३६० डिग्रीको कोणबाट सगरमाथा, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, धवलागीरी, कञ्चनजंघा लगायतका हिमश्रृंखलाको अवलोकन गर्न पाइन्छ ।

रिसोर्टमा ३० वटा सुबिधा सम्पन्न कोठा रहेका छन्, जसमा स्वदेशी तथा विदेशी पर्यटकले लक्जरीको अनुभव सहित समय कटाउन सक्नेछन् । ७० रोपनी जमिनमा फैलिएको रिसोर्टमा सोना बाथ, चिल्ड्रेन पार्क, टेबल टेनिस कोर्ट, डिस्को तथा ५० जना क्षमताको कन्फ्रेन्स हलको सुबिधा सहित इण्डियन कन्टिनेण्टल र नेपाली खानाको स्वाद लिन सकिन्छ ।

रिसोर्टमा बर्षेनी १० हजार स्वदेशी तथा विदेशी पर्यटक आउछन् । तीमध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत विदेशी हुने गरेको रिसोर्टका कार्यकारी निर्देशक सुदेश गौतम क्षेत्रीले बताए ।‘कुनै बेला ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपाली आउँथे अहिले अवस्था फेरिएको छ, ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी आउँछन’, गौतम क्षेत्रीले भने ।


रिसोर्टले काठमाडौंबाट दामन जान चाहनेहरुका लागि यातायातको व्यवस्था पनि गरेको छ । सुदेश गौतम नै प्रबन्ध निर्देशक रहेको इजी ट्रिप प्रालीले काठमाडौं–दामन–काठमाडौंका लागि सुबिधा सम्पन्न सवारी साधनको व्यवस्था मिलाउँछ । २५ बर्ष अघि टेण्ट टाँगेर सुरु गरिएको एभरेष्ट पानोरमा रिसोर्टले यतिबेला बर्षेनी १० हजार पर्यटकलाई सेवा दिन सक्ने पुर्वाधार र ब्राण्ड इमेज बनाउन सकेकोमा कार्यकारी निर्देशक गौतम क्षेत्री आफैं दंग पर्छन् ।

‘२५ बर्ष अघि टेण्ट टाँगेर यसको सुरुवात भएको थियो अहिले यो पुर्वाधार र गुडविल कमाउन सफल भएका छौं’, क्षेत्रीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.