४/४ दिनको फरकमा तीन जहाज ल्याउँदै श्री एयरलाइन्स, पहिलो जहाज बुधबार

  २०७३ चैत २८ गते ९:३३     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले करिब एक अर्ब रुपैयाँ लगानी गरेको नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी स्थापना गरेको छ ।

१७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिहेको यो वायुसेवाले पहिलोपटक नियमति उडानमा पनि सेवा विस्तार गर्न लागेको हो ।

कम्पनीले जहाज ल्याउने, उडान गर्ने, आन्तरिक व्यवस्थापन मिलाउँने, दक्ष जनशक्ति उत्पादन गर्नेसहितका कार्यमा करिब एक अर्ब लगानी गरेको उल्लेख छ । यो कम्पनीको औपचारिक सेवा सुरुवात भने जहाज आएको एक महिना भित्रमै हुने उल्लेख छ ।

जहाज आउने समय करिब तय भैसक्यो । अहिलेसम्मको तयारी अनुसार १ जहाज जापानबाट र २ वटा युरोपबाट आउने निश्चित भएको छ । यी जहाज चार दिनेको फरक पारेर १२ दिन भित्रै आइसक्ने श्री एयरलान्इसका कर्पोेरेट प्रवन्धक अनिल मानन्धरले बताए ।

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज ल्याउन र काठमाडौं विमानस्थलमाा अवतरणको अन्तिम स्वीकृति मात्रै बाँकी रहेको छ । जहाज जापान तथा युरोपबाट उडेर आउने भएकोले पहिलो जहाज बुधबारसम्म आइपुग्ने मानन्धरको भनाइ छ ।

उनका अनुसार थप २ जहाज पनि त्यसको ४/४ दिनको फरक पारेर ल्याइने उल्लेख छ । यो वायुसेवाले ४ वटा जहाज ल्याउने भएपनि अहिले तय भएको भने ३ वटा हो । अर्को एउटाको तय गर्ने बाँकी रहेको पनि श्री एयरलान्सले जानकारी दिएको छ ।

सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने
जहाज ल्याएर सुगम क्षेत्रकै विमानस्थलमा उडान हुने भएको छ । यी जहाज काठमाडौंलाई आधार बनाए भद्रपुर, विराटनर, धनगढी, पोखरा, भैरहवासहितका विमानस्थलमा उड्ने पनि श्रीले जानकारी दिएको छ । यो वायुसेवाले एकैपटकमा ५० देखि ७० जना सम्म बोक्न सक्छ ।

आन्तरिक उडानको यी जहाजले अन्य दुर्गम क्षेत्रमा भने उडान गर्न सक्दैन । त्यसैले श्रीका जहाज आएपछि आन्तरिक वायुसेवाबीच सहरी क्षेत्रका विमानस्थल (सुगम गन्तव्य)मा प्रतिस्पर्धा हुने भएको छ ।

जहाज कम्पनीबीचको प्रतिस्पर्धाले आन्तरिक उडानका यात्रुलाई लाभ हुने भएपनि आन्तरिक वायुसेवाको स्थायित्वमा भने चुनौति हुने नेपाल वायुसेवा निगमकै एक पूर्व कर्मचारीको भनाइ छ । उनका अनुसार जहाज आउनु र यात्रु उडानको सेवा विस्तार हुनु राम्रो हो । तर, वायुसेवा कम्पनीको स्थायित्व र भविष्य भने निकै चुनौतिपूर्ण रहेको छ ।

श्रीले उडान व्यवस्थापनका लागि आन्तरिक रुपमा जनशक्ति तयार पार्ने र कार्यालय व्यवस्थापन गर्ने सम्मको काम गरिसकेको छ । श्रीले हाल हेलिकोप्टरको सेवा त्रिपुरेश्वरबाट दिइरहेको छ ।

आन्तरिक उडानको सेवा सुरु गर्ने भएपनि यसलेकार्यालय सिनामंगलमा सारिसकेको छ । आन्तरिक उडान र हेलिकोप्टर सेवाको कार्यालय अब सिनामंगल हुने पनि श्रीले बताएको छ ।

श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताको सीआरजे २०० र ईआरजे ७०० नामक ७० सिट क्षमतको जहाज ल्याउने भएको छ । यो कम्पनीले दुबै प्रकृतिका दुई २ वटा जहाज ल्याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.