नयाँ पुस्तक र भर्नाको सास्ती, कक्षा चढेकाे भन्दा पनि आर्थिक भार परेकोमा चिन्ता

  २०७३ चैत २८ गते ७:५४     विकासन्युज

काठमाडौं । नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई आफ्ना नानीबाबु भर्ना गर्ने र किताब किन्ने विषयले सास्ती दिइरहेको छ ।

छोराछोरी नानी भर्ना गराउने र विभिन्न थरीका शुक्लको भारले तनाव हुने गरेको छ। यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ। बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यतिबेला पुस्तक जुटाउने समस्याले पिरलेको छ।

ऋण नै लिएर नानीहरुको किताब किन्नुपर्‍यो, ललितपुरस्थित लिटिल एन्जल्स स्कूलका एक अभिभावकले भने । दुई छोराछोरीको किताब किन्न नौ हजार रुपैयाँ खर्च गर्नुपर्‍यो। त्यसमाथि थरीथरीका पब्लिकेसनको किताब किन्नुपर्ने झण्झटले वाक्कै बनायो। आखिरमा स्कूलले भनेकै पसलबाट किताब किन्न बाध्य भएँ। यसपटक उनका एक छोरी ७ र अर्की छोरी ४ कक्षामा भर्ना भएका छन्।

स्कूल सञ्चालकले कमिसनको चक्करमा थरीथरीका पब्लिकेसनका पुस्तक सिफारिस गर्ने, उनीहरुले भनेकै ठाउँबाट किताब किन्नुपर्ने तर छुट नदिने, अन्यत्र किताब किन्न नपाइनेजस्ता कारण मर्का परेको अभिभावकको गुनासो छ।

सोही स्कूलकी अर्की अभिभावकले ट्याक्सी नै बोलाएर नानीहरुको किताब घर ल्याउनु परेको गुनासो गरिन्। स्कूलले गेटबाहिरै पसल चलाएको रहेछ। त्यहीँबाट किताब किन्नुपर्‍यो, उनले भनिन्।

पछिल्ला केही वर्षयता विद्यालयबाट पुस्तक वितरण गर्न नपाउने नियम सरकारले बनाएपछि निजी स्कूलहरुले नजिकै सटर केही समयका लागि भाडामा लिएर पुस्तक बेच्दै आएका छन्। केही निजी विद्यालयले आफूले तोकेको पसलमै गएर किन्न अभिभावकलाई बाध्य पार्ने गरेका छन्। नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.