नेपाल लाइफको ‘स्मार्ट जीवन बीमा’ योजना सार्वजनिक, रु.१० मा १० लाखको जीवन बीमा

  २०७३ चैत २७ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले “स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस” भन्ने मूल नाराका साथ “स्मार्ट जीवन बीमा” योजना सार्वजनिक गरेको छ । उक्त नयाँ बीमा योजनाको शुभारम्भ पोखरामा आयोजित एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले गरेका हुन् ।

सो अवसरमा प्रमुख अतिथिले यस योजनाले आम जनताको बचत परिचालनमा सघाऊ पुरयाउने विश्वास व्यक्त गरेका छन् । साथै उक्त अवसरमा सो स्मार्ट जीवन बीमा योजनाको बीमित आफू पनि बन्ने घोषणा गरेका छन् ।

यस बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक रु.१० मा रु.१० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने छ ।

कार्यक्रममा कम्पनीका संचालक कमलेश कुमार अग्रवालले यस नयाँ योजनाले समेत आम बीमितको मन जित्न सफल हुनेमा बिश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा संचालक हरिश्चन्द्र सुवेदीले नयाँ बीमा योजनाले कम्पनीको व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, उनले जीवन बीमाका लागि बिद्यमान कर छुटको प्रावधानलाई बढाउन सके जीवन बीमा क्षेत्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.