अमेरिकाको टेक्ससमा ३ हप्ते नेपाल शो, भूकम्प प्रभावित फोटो प्रदर्शन

  २०७३ चैत २७ गते ७:५५     विकासन्युज

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ शुरु भएको छ । प्रदर्शनीमा नेपालमा २ बर्ष अघि गएको भूकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला तथा फोटो समावेश गरिएका छन् ।


रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्ट वर्थ कला काउन्सिल प्रमुख केरीन विले, स्टोरी साइकल अमेरीकाका निर्देशक राम सिं पोखरेल, फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन र स्टोरी साइकलका सस्थापक सौरभ ढकालले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

स्टोरी साइकल अमेरीकाको फोर्ट वर्थ कला केन्द्र र क्रोटेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ आयोजना गरेका हुन । शो आगामी अप्रिल २६ सम्म चल्ने छ । आइतबार बाहेक हरेक दिन विहान ९ बजे देखि साझ ५ बजे सम्म प्रदर्शनी खुला रहने छ ।

रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले पूरानासिप र कलात्मक क्षमताको संरक्षण गर्न अतिआवश्यक रहेको भन्दै नेपालको पूननिर्माणमा कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.