अर्घाखाँची सिमेन्ट अब मोइस्चर प्रुफ प्याकेजिङ्मा नेपाली बजारमा

  २०७३ चैत २२ गते १३:१७     विकासन्युज

काठमाडौं । देशकै उत्कृष्ट र गुणस्तरीय अर्घाखाँची ओपीसी सिमेन्ट अब नयाँ मोइस्चर प्रुफ प्याकेजिङमा नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले सोमबार एक कार्यक्रम बीच उक्त प्याकेजिङमा सिमेन्टको सार्वजनिक गरेको हो ।

उक्त सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङले ओस तथा साधारण पानीले असर नगर्ने र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोगमा सहज हुने कम्पनीले जनाएको छ । साथै धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा जुट्ने कामदारको स्वास्थ्यमा असर नपार्ने जनाइएको छ ।

रुपन्देहीको मैनाहिया गाविसमा स्थित अर्घाखाँची सिमेन्टले हाल १,२०० मेट्रिकटन क्लिंकर र सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीले आगामी २०७४ मंसिरसम्ममा आफ्नो उत्पादन क्षमता वृद्धिगरि प्रतिदिन साठी हजार बोरा ( ६०००० ) ओ.पी.सी सिमेन्ट आफ्नै क्लिंकरबाट उत्पादन गर्ने योजना गरेको छ ।

उक्त सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा यस कम्पनीका निर्देशक पशुपति मुरारकाले भने, ‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै पनि कमी नहोस् साथै ओसबाट सिमेन्ट सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो किसिमको प्याकेजिङ् भित्र्याएका हौैँ र उहाँले यो प्याकेजिङ् नेपालमै पहिलो र एक मात्र भएको दाबी समेत गर्नुभएको छ । विक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च स्तरको उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धि हासिल गर्न हामी सफल भएका छौं । यसले हाम्रो उत्पादन प्रति ग्राहकहरुको विश्वास थप मजबुत हुने विश्वास लिएका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.