उद्योग मन्त्रीको गुनासो-विदेशी लगानीकर्ताले पत्याए तर नेपालीले नै पत्याएनन्

  २०७३ चैत २० गते १६:५०     विकासन्युज

काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले विदेशी लगानीकर्ताले नेपाललाई लगानी योग्य गन्तव्यका रुपमा पत्याएको तर नेपाली उद्योगी व्यवसायीले नपत्याएको बताएका छन् । उच्च स्तरिय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्रि जोशीले भने-विदेशी लगानी कर्ताहरुमा जुन किशिमको उत्साह र चासो देखिएको छ त्यै अनुरुपको चासो र उत्साह नेपालका नीजि क्षेत्रमा नदेखिनु दुखद पक्ष हो ।

उनले विदेशी लगानी कर्ताले नेपाललाई लगानी गन्तव्यका रुपमा स्वीकार गरेर ठुलो लगानी प्रतिवद्धता व्यक्त गरेको तर नेपाली लगानी कर्ताले भने अझै पनि खासै चासो नदेखाएको आरोप पनि लगाए । मन्त्री जोशीले सम्मेलनमा व्यक्त प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सकारात्मक ढंगले सरकारसँग हातेमालो गरेर अगाडी बढ्न नेपालको नीजि क्षेत्रलाई आग्रह गरे ।

समितिको बैठकले वैदेशिक लगानी अकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष पनि निकालेको छ । बैठकले वातावरण सम्वन्धी मुल्याङ्कन प्रकृया प्रारम्भिक वातारणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनलाई सरलिकृत बनाउने र अन्तर मन्त्रालय बीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडी बढाउने निर्णय पनि गरेको छ ।

उद्योग सचिव सचिव शंकरप्रसाद कोईरालाले वैदेशिक लगानी भित्र्याउने प्रकृयालाई सरलिकृत गरी कार्यान्वयन चरणमा लैजान उद्योग मन्त्रालयले कार्य सुरु गरिसकेको बताएका थिए । पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले वन र वातावरणको संरक्षण गर्दै हाम्रा नीति नियमहरुलाई लगानी मैत्री बनाउन जरुरी रहेको बताए । वैठकमा लगानी वेर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनमा व्यक्त अशय पत्रलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान प्रोजेक्ट बैंक बनाउने काम अघि बढेको जानकारी दिएका थिए ।

निज क्षेत्रका तर्फबाट धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासँघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निश्चित समय सीमा तोकेर लगानी सम्मेलनमा लगानीका लागि आशय पत्र व्यक्त गर्ने लगानी कर्ताहरुलाई नेपालको कानुन अनुसार यो यो सुविधा उपलब्ध छ र उनीहरुको अपेक्षा के हो भन्ने बिषयमा पत्राचार गर्नु जरुरी रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.