५० औं वर्षमा प्रवेशको अवसरमा टोयोटाले भित्र्यायो दुई नयाँ गाडी

  २०७३ चैत १८ गते १७:०८     विकासन्युज

काठमाडौं । टोयोटा नेपाल तथा टोयोटा गाडीको नेपालकालागि एक मात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा. लि. (युटीएस) आफ्नो स्थापनाको ५० औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले विविध कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा टोयोटाको अत्याधुनिक थ्रीएस सुविधा युक्त नयाँ शो-रुमको उद्घाटन समेत गरिएको छ ।

साथै, उक्त कार्यक्रममा कम्पनीले टोयोटाका दुर्ई नयाँ गाडी ‘अल नियूइनोभा’ र ‘अल नियू फरटुनर’ को लञ्च गरेको थियो । आयोजित सो कार्यक्रममा नेपालकी प्रख्यात गायिका आनी छोइङलाई अवार्ड वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.