डाक्टर, वकिल र साना उद्यमीका लागि हुण्डाईले ल्यायो २०१७ ग्राण्ड आई१० कार

  २०७३ चैत १७ गते १८:१२     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले हुण्डाईको २०१७ ग्राण्ड आई१० कार नेपाली बजारमा भित्र्याएको छ । ग्राण्ड आई१०को अपार सफलतापछि कम्पनीले २०१७ ग्राण्ड आई१० कार नेपाली बजारमा भित्र्याएको हो । सन २०१३ मा विश्व बजारमा आएको ग्राण्ड आई१० नेपाली सडकमा सडकमा ३५ सय वटा गुडिरहेका छन् । ग्राण्ड आई१० लाई उपभोक्ताले अत्याधिक रुचाएपछि कम्पनीले त्यसकै अपग्रेडेड भर्सनका रुपमा २०१७ ग्राण्ड आई१० निर्माण गरि नेपाली बजारमा भित्र्याएको हो ।


बिहिबार सन २०१६ की मिस नेपाल अस्मी श्रेष्ठले नयाँ कार सार्वजनिक गरेकी हुन् । नयाँ फेस लिफ्ट २०१७ ग्राण्ड आई१० मा रिफाइण्ड एक्सटेरियर स्टाइलिङ र हाइटेक फिचर्ससँगै न्युन इन्धन खपतको क्षमता रहेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टलका सहायक महाप्रवन्धक (सेल्स एण्ड मार्केटिङ ) रुपेश शर्मा भट्टले भने–सुरुवात देखि नै ग्राण्ड आई१० ले नेपाली उपभोक्ताको मन जितेको थियो, त्यसैले सोही कारको नयाँ भर्सन नेपाली बजारमा ल्याएका हौं, यसले पनि नेपाली उपभोक्ताको मन जित्ने आस गरेका छौं ।

नयाँ कारमा अगाडी र पछाडी नै बम्पर, नयाँ रिफ्लेक्टर रहेको छ । बिभिन्न रंग र सेरिजमा उपलब्ध २०१७ ग्राण्ड आई१०को मूल्य समेत नेपालका कार पारखीका लागि उपयुक्त रहेको कम्पनीले दावी गरेको छ । जस अनुसार म्याग्नाको मूल्य २६ लाख ९६ हजार, म्याग्ना एटिको मूल्य ३० लाख ५६ हजार, स्पोर्टसको मूल्य २८ लाख ९६ हजार, स्पोर्टस ओ एटीको मूल्य ३४ लाख ५६ हजार, स्पोर्टस ओ को मूल्य ३० लाख ५६ हजार र अस्टाको मूल्य ३२ लाख ५६ हजार रहेको छ ।

डाक्टर, वकिल, बैंकर र साना उद्यमीलाई लक्षित गरेर नयाँ कार भित्र्याएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.