एशियन लाईफको १३ करोड ४२ लाख रुपैयाँ बोनस र ५० प्रतिशत हकप्रद सेयर पारित

  २०७३ चैत १७ गते १६:२०     विकासन्युज

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १३ करोड ४२ लाख ६५ हजार ५४० रुपैयाँ बोनस दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको आठौँ तथा नवौँ साधारणसभाले पारित गरेको हो ।

साथै, सभाले कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत (२ बराबर १ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त हकप्रद बोनस सेयर वितरण पश्चात निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख ९२ हजार ४०० रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार हकप्रद सेयर पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय रुपैयाँ पुग्ने छ ।

साथै, सभाले संस्थापक सेयरधनी समूह ‘क’ वर्गबाट बिजय कुमार सरावगी, दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दीपक कुमार श्रेष्ठ र सुरेन्द्र गोयललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट रबी कुमार गुप्ता र सौरभ रुगंटालाई आगामी चार वर्षको लागि संचालक पदमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.