आन्तरिक उडानमा श्री एयरलाइन्सको सेवा थपिँदै, १० दिनभित्र २ वटा जहाज, १ महिनामै नियमित उडान

  २०७३ चैत १७ गते १०:००     विकासन्युज

श्रीले ल्याउन लागेकाे जहाजकाे नमूना फाेटाे

काठमाडौं । आन्तरिक वायुसेवामा अर्को एक कम्पनीको उडान सेवा थप हुने भएको छ । विगत १७ वर्षदेखि हेलिकोप्टरमार्फत सेवा दिइरहेको श्री एयरलाइन्सले आन्तरिक उडनमा नियमति सेवा दिने भएको छ ।

यो वायुसेवाले दूइ वटा जहाज ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नो अब्जेक्सन लेटर (एनओसी) पाइसकेको छ । ‘अब १० दिन भित्रैमा दुईवटा जहाज ल्याएर उडान गर्ने तयारीमा छौं’, श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले भने ।

उनका अनुसार प्राधिकरणले हामीलाई २ वटा जहाज ल्याउन अनुमति दियो । जहाज युरोपेली मुलुकबाट आउने र यसका लागि हामीले आवश्यक तयारी पहिल्यैदेखि गरिरहेकोले १० दिनभित्रमै जहाज आउँछ । त्यसपछि प्राधिकरणबाट उडान संचालन अनुमति (एओसी) लिएर नियमित उडान गर्न भने करिब एक महिना लाग्ने पनि उनको भनाइ छ ।

श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताका सीआरजे २०० नामक १ र अर्को ईआरजे ७०० नामक ७० सिट क्षमतको एउटा हवाईजहाज ल्याउने भएको छ । यो कम्पनीले दुबै प्रकृतिका दुई २ वटा जहाज ल्याउने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पनि लिइसकेको छ । श्रीका अनुसार तत्काल दुईवटा जहाज ल्याएर उडान संचालन गरिहाल्ने र त्यसपछि ६ महिनामा अर्को २ वटा जहाज ल्याउने योजनामा कम्पनी अगाडि बढिसकेको छ ।

यो वायुसेवाले अन्य आन्तरिक वायुसेवा वुद्ध, यति, सिम्रिक, सौर्यको जस्तै काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्ने भएको छ । यो वायुसेवाले माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रंक रुटका) गन्तव्यमा उडान गर्ने छ । यो वायुसेवाले ल्याएकै प्रकृतिको २ जहाज हाल सौर्य एयरले उडान गरिरहेको छ ।

मानन्धरका अनुसार उड्डयन प्राधिकरणको नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा ल्याउन लागिएको हो । यो वायुसेवाले आन्तरिकमा ६ महिनाजति उडान गरेर अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । यसका लागि यो वायुसेवाले ईआरजे १९० सिरिजका ११० सीटक्षमताको जहाज ल्याउन प्रक्रिया अगाडि बढाइरहेको छ ।

अन्तर्राष्ट्रिय उडानको अनुमतिका लागि आन्तरिक उडान सुरु भएदेखि नै तयारी थाल्ने उल्लेख छ । यसले भारतीय सहर हैदराबाद, मुम्मै, मदरास, बैग्लोर, कोलकत्ता, वनारसलगायतका गन्तव्य रहेको उल्लेख छ । अन्तर्राष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त ‘इआरजे–१९०’ सिरिजका तीनथान जहाज ल्याउने गरी योजना तय भैसकेको श्रीको भनाइ छ ।

श्रीले ६ महिना अगाडि नै उडान सुरु गर्ने योजना बनाएको भएपनि नियमक निकायबाट अुनमति पाउने ढिलो भएको बताएको छ । यो वायुसेवाले ९ महिना अगाडि मागेको जहाज ल्याउने अनुमतिलाई भर्खरै मात्र प्राधिकरणबाट स्वीकृत भएको पनि उल्लेख छ । यो वायुसेवासँग हाल एमआई १७ नामक ठूलो हेलिकोप्टर ६ वटा र सानो हेलिकोप्टर २ वटा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.