एचएच बजाजको नयाँ शोरुम स्याङ्जामा, बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदमा सजिलो

  २०७३ चैत १६ गते १७:२१     विकासन्युज

काठमाडौं । नेपालमा अत्यधिक बिक्री हुने पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले आफ्नो नयाँ शोरुम स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै जाने उद्देश्यले सो स्थानमा सन्तोषी स्पेयर पार्टस नामक नयाँ शोरुम संचालनमा ल्याएको हो ।

एचएच बजाज आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएचबजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

उक्त अवसरमा, एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने, ‘हामी स्याङ्जामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले स्याङ्जामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं । ’

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.