स्विजरल्याण्डको सिन्काले दाँत कोट्याएर कहिले बनाउने स्विजरल्याण्ड ?

  २०७३ चैत १५ गते १६:२८     नारायण पौडेल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० बर्षे सशस्त्र संघर्ष त्यागेर शान्ति प्रक्रियामा फर्किएपछि नेपाललाई स्विजरल्याण्ड बनाउने उद्घोष गरेका थिए । त्यसो त पुर्व प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईले पनि नेपाललाई सिंगापुर बनाउने बताएका थिए ।

यतिबेला दाहाल दोश्रो कार्यकाल प्रधानमन्त्री बनेका छन तर जनता भने स्विजरल्याडको सिन्काले दाँत कोट्याईरहेका छन् । स्विजरल्याण्ड जस्तै विकासित बन्ने प्रचुर सम्भावना रहेको मुलुकका जनताले लाखौं मूल्यका दाँत कोट्याउने सिन्का स्विजरल्याण्डबाट मगाएका छन् ।

आर्थिक बर्ष २०६९/७० मा २२ हजार एक सय ४१ रुपैंयाँ मूल्यको २१ किलोग्राम दाँत कोट्याउने सिन्का स्विजरल्याण्डबाट नेपाल भित्रिएको थियो भने त्यसको एक बर्ष अघि एक हजार ९ सय ६५ रुपैंयाँको ४ किलो सिन्का भित्रिएको थियो । अझै पनि नेपालमा बर्षेनी आधा करोड भन्दा बढि मूल्यका विदेशी सिन्का भित्रिरहेका छन् ।

गत आर्थिक बर्ष २०७२÷७३ मा मात्रै ४५ लाख ५६ हजार ५ सय ७७ रुपैंयाँ मुल्यका दाँत कोट्याउने सिन्का नेपाल भित्रिएको थियो । यो मात्रा आव २०७१÷७२ मा पनि ४३ लाख ५८ हजार ६ सय ६२ रुपैंयाँ थियो । जुन आव २०७०/७१ मा भने ८७ लाख भन्दा बढि थियो । आव २०६९/७० मा ४४ लाख र आव २०६८/६९ मा ४७ लाखको दाँत कोट्याउने सिन्का आयात भएको थियो ।

चीन, भारत, अमेरिका, थाइल्याण्ड, मलेसिया, हङकङ र स्विजरल्याण्डबाट दाँत कोट्याउने सिन्का आयात भैरहेको छ । गत आवमा ४४ लाख ४६ हजार एक सय ८८ रुपैंयाँ मूल्यको ४९ हजार ३ सय ५६ किलो सिन्का चीनबाट आयात भएको छ । हङकङबाट ५४ हजार २ सय २५ रुपैंयाँको १९० किलो र भारतबाट ३२ हजार २ सय ६२ रुपैंयाँको २६० किलो सिन्का आयात भएको छ भने थाइल्याण्डबाट २३ हजार ९ सय २ रुपैंयाँको ३०० किलो सिन्का भित्रिएको छ ।
अथाह प्राकृतिक सम्पदाको खानीका रुपमा रहेको नेपालले दाँत माझ्ने सिन्का समेत अन्य मुलुकबाट आयात गर्नुपरेपछि देश कहिले आत्म निर्भर हुन्छ भन्ने प्रश्न भने पेचिलो बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.