उम्मेद्वारलाइ पढाइ नचाहिने, मतदाता नामावली भएको कानुनी योग्य २१ वर्षको नेपाली भए पुग्ने

  २०७३ चैत १५ गते ९:१४     विकासन्युज

काठमाडौं । अब हुने स्थानीय तहको चुनावबाट छानिने जनप्रतिनिधि कस्तो हुनुपर्छरु संविधान र स्थानीय तह निर्वाचन ऐनले उम्मेदवार हुन केही योग्यता तोकेका छन् । शैक्षिक योग्यता भने तोकिएको छैन।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य बन्न मतदाता नामावलीमा नाम भएर २१ वर्ष पुगे पुग्छ।

शैक्षिक योग्यता नतोकिएकाले निरक्षर पनि उम्मेदवार हुन पाउँछन्। उम्मेदरवारका लागि यसअघि स्थानीय निकाय निर्वाचन ऐनले तोकेको योग्यता नै कायम छ ।

‘जनप्रतिनिधिका लागि शैक्षिक योग्यता तोक्नु हुँदैन भन्ने एउटा अवधारणा भएकाले संविधानमा उम्मेदवारका लागि शैक्षिक योग्यता तोकिएको छैन,’ स्थानीय संरचनाबारे जानकार श्यामकृष्ण भुर्तेल भन्छन्, ‘पढेलेखेकै कारण कोही कुशल नेता हुन्छ भन्ने त होइन तैपनि परिवेशै नबुझेको मानिस ल्याएर हुन्न ।’ कान्तिपुर दैनिकबाट ।

बैद्यले पनि चुनावमा भाग लिने
नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेको छ । पार्टीको सोमबार सुरू भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ।
सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन्। पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ । नेपाल समाचार पत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.