औषधि उद्योगमा ५० अर्ब लगानी, २० हजार जनशक्तिलाई रोजगारी

  २०७३ चैत १३ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपालमा औषधि उद्योगमा ५० अर्ब रुपैयाँ लगानी भएको छ । ५१ ओटा उद्योगबाट उत्पादन भएको औषधिले नेपाली बजारको ४५ प्रतिशत हिस्सा ओगटेको छ । अन्य नपुग औषधि भने नेपालले विदेशी कम्पनीबाट लिने गरेको छ । औषधीमा देशलाई आत्मनिर्भर बनाउन सकिने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।

अहिलेसम्म प्राय सबै रोगका औषधि उत्पादन भएपनि आवश्यता परिपूर्ति भने हुन नसकेको उनले बताए । हाल नेपाली बजारमा १ सय ८० भारतीय उद्योगका औषधिहरू खपत भइरहेको छ ।नेपाल विभिन्न ७२ थरीका औषधिमा आत्मनिर्भर भइसकेको छ । स्वदेशी औषधि उद्योगले मात्रै २० हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
‘केही वर्ष अघिसम्म सामान्य प्रकृतिका औषधिका लागि विदेशमा भर पर्ने अवस्था थियो, तर अबका केही वर्ष भित्र आवश्यक सबै प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा संघले बताएको छ । अहिले नेपालमा अन्तरराष्ट्रिय मापदण्डका औषधीहरू उत्पादन हुन्छन् । डब्लूएचओ जीएमपी (विश्व स्वास्थ्य सङ्गठन गूड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्राप्त औषधी उत्पादन गर्ने उद्योगको संख्या ३८ पुगेको छ । तर, यो मापदण्डअनुरूप नै सबै उद्योगले उत्पादन गरिरहेको संघले जानकारी दिएको छ ।

स्वदेशमा उत्पादित औषधिले राम्रो उत्पादन भइरहेको छ । स्वदेशी उत्पादन कुनै बहुराष्ट्रिय कम्पनीका उत्पादनभन्दा कम नभएको सम्बन्धित उत्पादकहरूको दाबी छ । गुणस्तरीय भएकै कारण नेपाली उत्पादनको खपत बढिरहेको नेपाल औषधि उत्पादक संघका बताएको छ । औषधिमा आत्मनिर्भर हुँदै गए पनि विदेशी औषधिको आयात निरुत्साहित गर्न सके मात्र स्वदेशी उद्योग फस्टाउने मौका पाउने सम्बन्ध क्षेत्रका विज्ञहरूको भनाइ छ । व्यवसायीहरू अत्यावश्यक भए मात्र विदेशी औषधि उद्योग दर्ता गर्न दिनुपर्ने अन्यथा यस्ता उद्योगलाई निरुत्साहित गर्नुपर्ने बताउँछन् । ‘सरकारले स्वदेशी औषधि उद्योगलाई नयाँ–नयाँ औषधि (न्युमोलिक्युल) उत्पादनमा विशेष प्राथमिकता दिनुपर्ने देखिएको छ । यसले गुणस्तरीय औषधीको उत्पादनमा सघाउने उनीहरूको भनाइ छ ।

औषधि व्यवस्था विभागमा दर्ता भई नियमनको दायरामा लगभग १७ हजार औषधि दर्ता, २१ हजार औषधि विक्रेता तथा वितरक, १ सय २४ स्वदेशी औषधि उत्पादक र ३ सय विदेशी उत्पादक छन् । देशभर रहेका यी औषधि उत्पादक तथा वितरक नियमनको कामका लागि विभागमा १ सय १५ जनाको मात्रै दरबन्दी छ । औषधि र औषधिमूलक वस्तुको दुरुपयोग नियन्त्रण, औषधीको प्रयोग तथा प्रभावकारितासम्बन्धी सही सूचना प्रवाह गर्न विभागलाई स्रोत साधनले सम्पन्न गराउनुपर्ने आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.