मनकामना यात्रा अब टुर प्याकेजमार्फत, धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै

  २०७३ चैत १३ गते १०:०३     विकासन्युज

काठमाडौं । मनकामना केवलकारको यात्रा अब टुर प्याकेजमार्फत हुने भएको छ । धार्मिक पर्यटकको लागि आकर्षक गन्तव्य बन्न थालेकोले मनाकामन दर्शनले नै ट्राभल तथा टुर कम्पनीको लागि प्रस्ताव मागेको छ ।

मनकामनाले इच्छुक कम्पनीलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ । नेपालको पहिलो केवलकार मनकामनामा केबलकारमा धार्मिक पर्यटक तथा विदेशी पर्यटक बढ्दै जान थालेलको टुर एजेन्सीमार्फत प्याकेज लिएर जाने व्यवस्था गर्न लागिएको मनकामना केवलकारको भनाइ छ ।

मनाकामने काकडभित्ता, जनकपुर, बीरगन्ज, हेटौडा, बुटवल, धनगढी र नेपालगन्जका लागि यस्तो टुर कम्पनी आवश्यक परेको उल्लेख छ ।

इच्छुक कम्पनीले आवश्यक कागजात पेश गरेर सेवा दिन सक्ने पनि मनकामनाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.