महिन्द्रा टू व्हीलरको नयाँ वर्षे योजना, क्र्याच कुपनमा ४०० प्रतिशतसम्म क्यास ब्याक

  २०७३ चैत ८ गते १८:३९     विकासन्युज

काठमाडौं । महिन्द्रा टु–व्हीलर्स् लि.को आधिकारिक वितरक अग्नि मोटो इन्क प्रा. लि. ले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्क्र्याच गरौं दुईताली” नामक रोचक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४०० प्रतिशतसम्म क्यास ब्याक बोनस पाउने नौलो अवसर रहेको छ ।

यसपाली ग्राहकहरुले हरेक खरिदमा पाउने स्क्र्याच कार्डमा दुई पटकसम्म स्क्र्याच गर्न सकिने व्यवस्था रहेको छ । पहिलो स्क्र्याचमा ग्राहकहरुले १ लाख रुपैयाँसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा  उक्त रकमको ४०० प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस योजनासँगै महिन्द्रा टू व्हीलर खरिद गर्ने ग्राहकहरुका लागि यो नयाँ वर्षमा थप उत्साह भरिने कम्पनीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.