चन्द्रागिरि केबलकार दैनिक एक घण्टा बन्द, लन्च ब्रेकको व्यवस्था लागु गर्ने

  २०७३ चैत ६ गते १५:५६     विकासन्युज

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चैत ६ गते(आइतबार)देखि लागु हुने गरी दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहिसमय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो ।

यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुने छैैन । केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु जस्तैः–रेस्टुरेन्ट, बार, वालउद्यान नियमति संचालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.