वर्षमा २ पटक भन्दा बढी व्याजदर परिवर्तन गर्न नपाइने, व्याजदरमा अंकुश

  २०७३ चैत ४ गते ८:०९     विकासन्युज

काठमाडौं । एक महिना नपुग्दै कर्जाको व्याज बढाउने बैंकहरुले अब भने बर्षमा २ पटक भन्दा बढी व्याजदर बढाउन नपाउने भएका छन् । यसलाइ कडाइका साथ कार्यान्वयन गरिने नेपाल राष्ट् र्बैकले जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले बारम्बार कर्जाको व्याजदर बढाउँदा समस्या भोग्नु परेको भन्दै व्यवसायीले केन्द्रीय बैंकसमक्ष गुनासो गरेपछि राष्ट् बैंकले यस्तो व्यवस्था गरेको हो ।

निक्षेपको व्याजदर बढेका कारण कर्जाको व्याजदर बढाउनुपरेको भन्दै बैकरहरुले धमाधम कर्जाको व्याज बढाएर त्यसको जानकारी पछि मात्रै ऋणीलाई फोनबाट दिन थाले । यसपछि राष्ट् बैंकले व्याज बढाउन अंकुश लगाउँदै यस्तो व्यवस्था गरेको हो । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.