एभरेष्ट बैंकले घटायो निक्षेपको ब्याजदर

  २०७३ चैत ३ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको निर्देशन अनुसरण गर्दै एभरेष्ट बैंकले निक्षेपको व्याजदर समायोजन गरेको छ । बैंकले वर्तमान तरलताको परिस्थितिलाई मध्यनजर गरी उपयुक्त वातावरण सृजनाका लागी निक्षेपको व्याजदर समायोजन गरेको हो ।

शुरुवातको लागी बैंकले अधिकत्म ब्याजदर भएको मुद्दती खातामा ०.५० प्रतिशतले घटाएको छ । साथै, नेपाल राष्ट्र बंैकको निर्देशन बमोजिम बैंकले कल खाताहरुको ब्याजदर पनि क्रमशः घटाउदै लगेको छ । यसरी बचतमा ब्याज घटाउदा, व्यावसायी/उद्योगीहरुले उचित ब्याजदरमा कर्जा पाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.