थपिए तीन क्लियरिङ बैंक

  २०७३ चैत ३ गते १७:२१     विकासन्युज

काठमाडौं । सिडिएस एन्ड क्लियरिङले तीन वटा नयाँ क्लियरिङ बैंक थपेको छ । नेपाल स्टक एक्सचेन्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिका अनुसार सिडिएसले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरिएका सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजलाई जानकारी दिए । थपिएका क्लियरिङ बैंकहरुले चाँडै राफसाफको काम अघि बढाउने पनि उनले बताए ।

थप तीन वटा क्लियरिङ्ग बैंक नियुक्त गर्न सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सूचना प्रकाशित गरी आशयपत्र माग गरेको थियो । सानिमा बैंक, बैंक अफ काठमान्डु, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेस्ट बैंक र एनबी बैकलेआशयपत्र पेश गरेका थिए ।

आवेदन दिएका बैंकहरुमध्येबाट तीन वटा बैंक छनौट भएका हुन् । अब क्लियरिङ बैंकको संख्या चार वटा पुगेको छ । यसअघि ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको थियो । शाखा सञ्चाल, प्रबिधी, धेरै चुक्ता पुँजी, आश्वा प्रणालीको सदस्यता, डिपी लाईसेन्स प्राप्त गरेको, सरकारी कारोबार गरेको लगायतका मापदण्डका आधारमा तीन वटा बैंकले क्लियरिङ बैंकको सेवा सञ्चालन गर्न पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.