राधी विद्युत कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता आइपीओ निष्कासन गर्ने

  २०७३ चैत ३ गते १५:३३     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख कित्ता १० हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीको निवेदन अनुसार बिहीबार नेपाल धितोपत्र बोर्डले सो मात्राको सेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ४ करोड दश लाख रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री गर्नेछ । त्यसपश्चात कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.