स्ट्याण्डर्ड चार्टर्डको एफपिओमा लगानी कर्ताको उच्च आकर्षण, दुई दिनमै ४ अर्बको आवेदन

  २०७३ चैत ३ गते १२:४१     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओमा लगानी कर्ताको उच्च आकर्षण देखिएको छ । मंगलबारबाट निष्काशन गरिएको एफपिओमा दुई दिनमै चार अर्ब १० करोड रुपैयाँ बराबरको आवेदन भएको हो ।

बुधबारसम्म ३१ हजार ८७० आवेदकले ४ अर्ब १० करोड भन्दा बढिको आवेदन दिएका छन । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा साधारण सेयर निष्काशन गरेको हो ।

बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.