कुमारी बैंकले चैत ९ गते साधारणसभा बोलायो, के के छन् विशेष प्रस्ताव ?

  २०७३ चैत २ गते १४:५८     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आगामी चैत ९ गते कम्पनीको १६औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको २१ प्रतिशत(अर्थात ५६ करोड ६८ लाख रुपैयाँ) बोनस दिने विशेष प्रस्ताव लैजाँदै छ ।

साथै, कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाईनान्स, महाकालि विकास बैंक र काँक्रेविहार विकास बैंकलाई प्राप्ति(एक्विजिशन) गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने भएको छ ।

त्यस्तै, सभामा यी ४ वटा बैंक प्राप्ति पश्चात कायम हुने पूँजीमा थप एक अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने विषयमा छलफल गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.