नेप्से परिसूचक ८ अंकले घट्दा ५२ करोडको कारोबार, एनआईबिपीओको मात्रै २१ करोडको सेयर किनबेच

  २०७३ चैत १ गते १५:३४     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक ८ दशमलब १५ अंकले घटेर १३४७ अंकमा झरेको छ । सोमबार ७ अंकले बढेको परिसूचक मंगलबार भने घटेको छ ।

सोमबारको तुलनामा नेप्सेमा गिरावट आएता पनि सेयर कारोबार रकममा भने सुधार आएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा करिब १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । मंगलबार ५२ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३७ कम्पनीको ९ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ ।

कुल ५२ करोडको कारोबार भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक लि. प्रोमोटर सेयर( एनआईबिपीओ) को मात्रै २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोेड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

मंगलबार उत्पादनमूलक समूहको परिसूचक ४ अंकले उकालो लागेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । होटल, बैंक र हाइड्रो समूहको परिसूचक क्रमशः २७, ११ र १० अंकले घटेका छन् । बीमा समूहको परिसूचक भने ५ अंकले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.