एनआईसी एसिया बैंकको चैत ७ गते बुक क्लोज, हकप्रद निष्कासन गर्ने

  २०७३ फागुन ३० गते १२:२१     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकको चैत ७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।

हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६४ करोड रुपैयाँ नाग्ने छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४३२ रुपैयाँमा करोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.