अब युरोप–अमेरिकासम्म नेपाली जहाज उड्ने

  २०७३ फागुन २७ गते १५:५६     विकासन्युज

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले नेपाल वायुसेवा निगमलाई युरोप र अमेरिकासम्म पुर्याउने बताएका छन् । राजधानीमा शुक्रबार आयोजीत एक कार्यक्रममा मन्त्री गिरिले भने,‘हिजो आर।एले युरोपसम्मको उडान भर्दथ्यो, तर हामी आज हेरौं हाम्रो अवस्था, त्यसैले मेरो प्रतिबद्धता छ, म मेरै कार्यकालमा युरोप र अमेरिकासम्म आर.एको सेवा सुचारु गर्छु, यसमा मलाई सबैको साथ र सहयोग चाहिन्छ, सपना नदेखी केही पनि गर्न सकिँदैन् ।’

उनले पर्यटन मन्त्रालयमा धेरै चूनौतिहरु रहेको स्विकार गर्दै आगामी दिनमा सबै खाले चूनौतिहरुलाई सामाना गर्दै आफू अघि बढ्न सक्षम रहेको जिकिर गरे ।त्यस्तै उनले आफ्नो कार्यकालमा कसरी पर्यटकको संख्या बढाउन सकिन्छ भनेर आफूहरुले विशेष रुपमा काम गर्ने समेत प्रतिबद्धता जनाए। उनले भने,‘अहिले नै यति संख्या वा उति लाख भनेर भन्नु भन्दापनि मेरो पूर्ण प्रतिबबद्धता कसरी पर्यटकहरु बढाउन सकिन्छ भन्ने नै हो ।’

उनले नेपालको कला, संस्कृति, सभ्यता, पर्यटनलाई कसरी संरक्षण एवम् प्रर्वद्धन गर्न सकिन्छ भनेर आफू गम्भिर रहेको बताउँदै सोही अनुसार काम गर्ने समेत विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.