पोखरा फाइनान्सले ९ लाख ८३ कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

  २०७३ फागुन २७ गते १४:०१     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले फागुन २६ गते धितोपत्र बोर्डमा निवेदन दिएर एनआईबिएल क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २१७ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.