गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको आठौँ शाखा बाराको जितपुरमा

  २०७३ फागुन २६ गते १७:२६     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो आठौँ शाखा बाराको जितपुरमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बाराका उद्योग वाणिज्य महासंघका अध्यक्ष घनश्याम गिरी र संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठले गरेका छन् ।

बैंकले बैंकिङ सेवा अन्तर्गत एटिएम सेवा, एसएमएस सेवा सुविधा, इन्टरनेट सेवा,विभिन्न विप्रेशन काउन्टरको सुविधा र डीपी सेवा तथा आस्बा सेवा समेत दिँदै आएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ३५ लाख रुपैयाँ रहेको छ । जुन रकम ५० प्रतिशत हकप्रद सेयर र सो सेयर पश्चातको पूँजीमा हुने १२ प्रतिशत बोनस सेयर पछिको रकम रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीले २ अर्ब १२ करोड रुपैयाँ निक्षेप तथा १ अर्ब ९६ करोड रुपैयाँ प्रवाह गरी ४ करोड ७७ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल रहेको छ । साथै, कम्पनीको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.