नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा काठमाडौंको महाराजगञ्जमा

  २०७३ फागुन २६ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंको महाराजगञ्जमा आफ्नो ४४ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन सो कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल राष्ट्र बैँकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् ।

बैंकले महिला कर्मचारीहरुको नेतृत्व विकास तथा प्रतिस्पर्धी अवसरको लागि महिला कर्मचारीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो शाखालाई पूर्णरुपमा महिला शाखाको रुपमा विस्तार गरेको जनाएको छ । उक्त उद्घाटन समारोहमा बैंकका विभिन्न सेवाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

उक्त समारोहमा बैंकका वरिष्ठ संचालक श्री माधव प्रसाद न्यौपानेले सोही शाखामा जडान गरिएको एटिएमको पनि शुभारम्भ गरेका थिए । महाराजगञ्ज शाखा सहित बैंकले हालसम्म ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४१ वटा एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ ।

बैंकको आ.व. २०७३/७४ को दोश्रो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ४१ अर्ब ०३ करोड रुपैयाँ र कुल कर्जा ३६ अर्ब २० करोड रुपैयाँ रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद मुनाफा ५४ करोड ०६ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.