प्रभु बैंकको नयाँ एटिएम सेवा सञ्चालनमा

  २०७३ फागुन २४ गते १८:२८     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले मंगलबारदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहकाबीच गरेका हुन् ।

मंगलबार सञ्चालित बैंकको उक्त एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । उक्त एटिएमबाट बैंकका ग्राहकहरुले अधिकतम लाभ उठाउन सक्ने बैंकको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.