एनएमबि माइक्रोफाइनान्स र युके एडबीच सहकार्य, सक्षम उद्यमशील कर्जाको शुरुवात गर्ने

  २०७३ फागुन २४ गते १३:३८     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र युके एड सक्षम एक्सेस टु फाइनान्सबीच सहकार्य भएको छ । दुई संस्थाले दुर्गम जिल्लाका सदस्यहरुलाई वित्तीय पहुँच पुर्याउने उद्धेश्यले उक्त सहकार्य गरेका हुन् । उक्त सहमतीपत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजो र सक्षम एक्सेस टु फाइनान्सको तर्फबाट टोली प्रमुख वलजित वोहोराले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोनाजोले सक्षम सँगको सहकार्यले दुर्गम भेगका सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्न सहज हुने कुरा बताए । उनले साना वयवसायलाई लक्षित गरी सक्षम उद्यमशील कर्जाको शुरुवात गर्ने बताए । त्यस्तै युके एड सक्षमका टोली प्रमुख वोहोराले एनएमबिमाइक्रो फाइनान्स वित्तीय संस्थालाई देशका पाँच वटा दुर्गम जिल्लाहरु मनाङ्ग , मुस्ताङ्ग , रुकुम, म्याग्दी र इलाम जिल्लामा कार्यक्रम विस्तारकालागि आवश्यक सहयोग गर्ने बताए ।

समझदारी बमोजिम एनएमबिमाइक्रोफाइनान्सले आगामीदुई वर्षभित्र ५ वटा जिल्लामा शाखा/उपशाखाहरु खोली७ हजार ५ सय २९ घरपरिवारलाई आयआर्जन गर्नका लागि ऋण प्रदान गर्ने र सो ऋणबाट महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउने कार्यमा जोड दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.