नयाँ वायुसेवालाई उडान अनुमति पाउँनै कठीन, नियमक निकायमै वर्षोसम्म अड्किन्छ फाइल

  २०७३ फागुन २३ गते ११:४०     विकासन्युज

काठमाडौं । नयाँ वायुसेवा कम्पनीले पर्यटन मन्त्रालयका वायुसेवा संचालनको इजाजत (लाइसेन्स) पाएको वर्षोसम्म पनि उडान अनुमति पाउन सकेका छैन ।

तीन वर्षअगाडि नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले सूरक्षा सूची (कालोसूचि)मा राखेपछि नेपाली वायुसेवाको उडान अनुमति (एओसी)मै निकै कठीन भएको छ ।

उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ वायुसेवालाई एओसी दिन निकै झन्झटिलो व्यवस्था गरेको छ भने समयमा काम नै नगरिदिने सरकारी निकायको ढिलासुस्तीले कम्पनीका व्यवसायीक योजना नै प्रभावित हुने गरेका छन् ।

आन्तरिक उडानका वायुसेवा कम्पनीका अनुसार मन्त्रालयबाट इजाजतपत्र पाएको एक वर्षसम्म हवाई क्षेत्रको नियमक निकायमै अनुमति लिन दौडधूप गर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय डेड दशकदेखि हेलिकोप्टर उडान गरिरहेको श्री एयरलाइन्सले नियमित उडानमा आन्तरिक वायुसेवा प्रयोग गर्न चाहेको छ ।

यो वायुसेवाले ६ महिना अगाडि नै पर्यटन मन्त्रालयबाट इजाजत लिइसकेको छ । यो वायुसेवाले एओसीका लागि प्राधिकरणमा आवेदन दिएको ६ महिना भैसकेको भएपनि अझै दुईतीन महिना लाग्नसक्ने अवस्था देखिएको छ ।

इयुको कालोसूचिपछि नेपालमा दर्ता हुने नयाँ वायुसेवाले अनुमति पाउन झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने र लामो समय लाग्ने गरेको तथा नियमक निकायको ढिलासुस्ती हुने गरेको पनि सम्वन्धित वायुुसेवा कम्पनीको बुझाई छ ।

प्राधिकरणका लाइसेन्सिङ विभाग प्रमुख राजु श्रेष्ठका अनुसार अनुसार प्रक्रिया पूरा गरेर आउने वायुसेलाई हामीले रोक्दैनौ । सबै प्रक्रिया पूरा नगरे तथा कागजाता नमिलाएसम्म अनुमति दिन पनि सक्दैनौ, उनले भने ।  प्राधिकरणको हवाई उडान सुरक्षा विभागका अनुसार श्री एयरलाइन्सको प्रक्रिया तेस्रो चरणमा पुगेको छ ।

यो वायुसेवाले हेलिकोप्टरबाट फिक्स विंग्स ( नियमति उडानका पंखा जडिन जहाज) ल्याउन खोजेको छ । यो कम्पनी संचलनमै भएपनि यसले नयाँ सरहको प्रक्रिया पूरा गर्नुपर्ने भएकोले समय लागेको पनि उड्डयन विभागको भनाइ छ ।

नेपालमा हवाई उडानको लागि प्राधिकरणबाट उडान अनुमति माग गरेको हेलिकोप्टर सेवा प्रदायक कम्पनी एभरेष्ट हेलिलाई करीब एक वर्ष उडान अनुमति दिएको थियो । पछिल्लो त्यस अघी अल्टिच्यूट हेलिकोप्टरले पनि ६ महिना भन्दा बढीको समय खर्चनु परेको थियो ।

अहिले नियमित आन्तरिक उडानको अनुमति लिने तयारी गरिरहेको श्री एयरलान्यसले पनि करीब ६ महिनादेखि दौडधूप थालिरहेको छ । यो वायुसेवाले भदौ २२ गते पर्यटन मन्त्रालयबाट लाइसेन्स पाएको थियो । समयमा नै एसोसी पाएको भए ६ महिना भित्रमै जहाज उडान गरिसक्ने योजना रहेको पनि श्री एयरलाइन्सले जानकारी दिएको छ ।

श्री एयरलायन्सका अनुसार प्राधिरकणका कर्मचारीले समयमा काम नगर्ने, कागजपत्रमा नै अल्झाइरहने । एकैदिनमा हुने कामलाई पनि महिनौ झुलाउने गरेको कारण समयमा नै सेवा विस्तार गर्न नसकिएको गुनासो एयरलाइन्सको छ ।

पर्यटन मन्त्रालयबाट ६ अगाडि नै इजाजत पाएलगत्तै श्री एयरलाइन्सले एओसीको प्रकृयासुरू गरेको भएपनि यसको काम भर्खरै तेस्रो चरणमै रहेको एयरलाइन्सका कर्पोरेट प्रमुख अनिल मानन्धरले बताए । उनका अनुसार अझै चौथाे र पाँचौ प्रक्रिया बाँकी नै छ ।

नेपालमा दर्ता हुने नयाँ वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पूर्व आवेदन, औपचारिक आवेदन, कागजपत्र मूल्यांकन, जहाजको परिक्षण उडान तथा निरीक्षण र उडान अनुमति पत्र गरेर विभिन्न पाँच चरण पार गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ ।

यो पाँचवटै चरण पार गरेको अवस्थामा मात्रै नयाँ वायुसेवाले एओसी पाउने प्राधिरणको हवाई उड्डयन सुरक्षा विभागको भनाइ छ । वायुसेवाको उडान योग्यताको लागि आवश्यक सबै प्रकृया पूरा गरेपछि मात्रै अनुमति दिने गरिएको छ । प्राधिकरणले इयुको कालोसूचीमा परेपछि आफ्ना कजोरी लुकाउन वायुसेवा कम्पनीलाई दोष दिने गरेको छ ।

१७ वर्षको हेलिकोप्टर उडानपछि फिक्स विंग्समा जाँदै
नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तराष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको मानन्धरको भनाइ छ ।

श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताका सीआर जे २०० नामक तीनवटा जहाज ल्याउने भएको छ । तत्काल दुईवटा यो जहाज ल्याएर उडान संचालन गरिहाल्ने योजना श्रीको छ ।

काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ ।

आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.