प्रेस काउन्सिलबाट सञ्चार निर्देशिका जारी

  २०७३ फागुन २२ गते १६:१९     विकासन्युज

काठमाडौं । प्रेस काउन्सिल नेपालले अपाङ्गतामैत्री सञ्चार निर्देशिका-०७३, बालमैत्री सञ्चार निर्देशिका–०७३ र विज्ञापनसम्वन्धी सञ्चार निर्देशिका-२०७३ जारी गरेको छ । बिशेषज्ञसम्मिलित कार्यदलले बृहत छलफलपछि तयार गरेको उक्त निर्देशिकाको मसौदाउपर प्रेस काउन्सिल नेपालको शुक्रबार बसेको बैठकले पारित गरेपछि जारी भएको हो ।

आमसञ्चारमाध्यमलाई बालमैत्री, अपाङ्गतामैत्री बनाउँदै स्वस्थ, मर्यादित पत्रकारिताको विकासको लागि पत्रकार आचारसंहिता-२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी काउन्सिलले नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला संघ/संस्थाको सल्लाह र सम्मतिमा उक्त निर्देशिकाहरु जारी गरेको हो ।

छिट्टै महिला सञ्चार निर्देशिका र दलितमैत्री सञ्चार निर्देशिकासमेत जारी गर्नेगरी तयारी भैरहेको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.