आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनद्धारा चन्द्रागिरि केबलकारको भ्रमण

  २०७३ फागुन २२ गते १६:०४     विकासन्युज

काठमाडौं । आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । उक्त अवसरमा उपराष्ट्रपतिले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गरेका छन् । साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् ।

साथै, उपराष्ट्रपतिले अवलोकन भ्रमण पश्चात यस कम्पनीको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै कम्पनी परिवारलाई हौसला प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.