५४ हजार स्मार्टलाईसेन्स आएपछि वितरण शुरु, उपत्यका बाहिर टेण्डर प्रक्रियामा

  २०७३ फागुन २१ गते १३:४५     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले भारतमा छापिएको ५४ हजार स्मार्टलाइसेन्स कार्ड नेपाल आएपछि मात्र लाइसेन्स वितरण शुरु गर्ने बताएको छ । भारतीय सेकुरिटी प्रिन्टरसँगको अडर गरेको ५४ हजार कार्ड नेपाल भित्र्ने क्रममा रहेकोले त्यो कार्ड आउने वित्तिकै स्मार्टलाइसेन्स वितरण कार्य शुरु गरिने विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।

विभागसँग थोरै कार्ड वाँकी रहेकोले अहिले लाइसेन्स वितरण कार्य नै बन्द गरि बसिरहेको छ । विभागले सर्भर बन्द भएको भन्दै आम उपभोक्तालाई लाइसेन्स नदिइकन बसिरहेको छ । विभागले यस अघि एक लाख ६० हजार कार्ड प्रिन्ट गरेर ल्याएको थियो । उक्त कार्डमध्ये एक लाख ५५ हजार वितरण गरिसकेको छ ।

नयाँ कार्ड भन्सार पास भएर आउने बित्तिकै स्मार्टलाइसेन्स वितरण कार्य शुरु हुने पाण्डेले बताए । कार्ड आइपुग्ने बित्तिकै एकान्तकुना, ठूलो भ¥याड, सल्लाहघार, चावहिलबाट कार्ड वितरण गरिने विभागले जानकारी दिएको छ । विभागले २०७२ मंसिर २० गतेबाट पाँच वर्षभित्र देशभरका सवारीचालकलाई स्मार्ट लाइसेन्स दिने घोषणा गरेको छ ।

तर, उपत्यका बाहिरका सवारीचालकले भने स्मार्टलाइसेन्स लिनका लागि अझै कुने पर्ने हुन्छ । उपत्यका बाहिरबाट लायसेन्स वितरण गर्नका लागि टेण्डर प्रक्रियामा रहेको विभागले जानकारी दिएको छ । उपत्यका बाहिरका लागि दुई लाख ५० हजार कार्ड प्रिन्ट भएर आउनु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.