ज्योति बिकास बैंकको १२औँ एटिएम प्युठानमा सञ्चालन

  २०७३ फागुन २० गते १८:००     विकासन्युज

काठमाडौं । ज्योति बिकास बैंकले आफ्नो १२ औं एटिएम आज प्युठान जिल्लाको भिंगृबजारमा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार एक समारोहकाबीच बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त एटिएमको उद्घाटन गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ९ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८ अर्व १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले १३ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.