स्मार्ट लाइसेन्स १५ महिना वितिसक्दा पनि कार्यान्वय भएन, स्मार्ड कार्ड नै रित्तिँदै

  २०७३ फागुन २० गते ७:५१     विकासन्युज

काठमाडौं । सरकारले स्मार्ट लाइसेन्स अझै देशभर वितरण गर्न सकेको छैन । यातायात व्यवस्था विभागले २०७२ मंसिरदेखि बागमती अञ्चलमा मात्रै स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ ।

अन्य अञ्चलका कार्यालयबाट हस्तलिखित लाइसेन्स वितरण हुँदै आएको छ । विभागले बागमतीबाट स्मार्ट लाइसेन्स वितरण गरेको १५ महिना बितिसक्दा समेत अन्य भागबाट स्मार्ट लाइसेन्स जारी गर्न नसकेको हो ।

विभागका प्रवत्ता टोकराज पाण्डेका अनुसार उपत्यकामा तीनवटा कार्यालय विस्तारमा जुट्दा केहि समय ढिलाइ भएको हो ।

यसैबीच, यातायात व्यवस्था विभागले समयमै टेन्डर पक्रिया अघि नबढाउँदा स्मार्ट कार्डको अभाव देखिएको छ । विभागले टेन्डरमा ढिलासुस्ती गर्दा स्टक स्मार्ट कार्ड रित्तिँदै गएको हो । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.