आरएसडिसीले १५% बोनस र २००% हकप्रद दिँदै, चैत १ गतेदेखि १२ दिन बुक क्लोज

  २०७३ फागुन १९ गते १७:११     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

सो मात्राको बोनस र हकप्रद प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि चैत १२ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.