शान्ति र सम्मृद्धिका लागि एसिया भ्रमणमा युवा, भ्रमण फागुन २४ गतेबाट शुरु हुने

  २०७३ फागुन १८ गते १७:१६     विकासन्युज

काठमाडौं । संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने भएको छ । पर्यटन प्रबद्र्धनसमेत गरिने यो भ्रमणमा १३ जना युवा सहभागी हुने छन् । ती युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया र कम्बोडियाको भ्रमण गर्नेछन् । युवा टोलीको नेतृत्व संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराईले गर्ने भएका छन् ।

नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), स्कलर प्लानेट, बोन ट्राभल्स एन्ड टुर्स, युथ युनेस्को क्लब, पाथीभरा देवी ट्राभल्स एण्ड कार्गो, खुशी कन्सल्टेन्सी र ग्यास्ट्रो पबले यो भ्रमणलाई सहयोग गरेका छन् ।

भ्रमणमा जानेहरुमा संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराई, बिनोद कुमार सिंह, गणेश मल्ल ठकुरी, सचिन अधिकारी, बिनोद पुन, अल्जिना राउत, रिता श्रेष्ठ, शुकबहादुर दमाई, ललित नेपाली, सपना सिमल, दिनेशकुमार लो, सम्झना परियार, अस्मिता लामिछाने, उमेशकुमार श्रेष्ठ छन् । यही फागुन २४ गतेबाट शुरु हुने यो १४ दिने यो भ्रमण मलेसियाबाट शुरु भएर चैत ८ गते थाइल्यान्डमा पुगेर सकिने संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए ।

भ्रमणका क्रममा युवाहरुलाई सम्बन्धित देशका विश्वविद्यालयका पदाधिकारी, त्यहाँका युवा तथा गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायत छलफल र विचार आदानप्रदानको व्यवस्था मिलाइएको छ । संगठनले यसअघि पनि पर्यटन प्रबद्र्धनका लागि ७ देशको भ्रमण गराइसकेको महासचिव महेश पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.