उद्योग वाणिज्य महासंघको निर्वाचत चैत २९ गते हुने, चुनाव वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रीत हुँदै

  २०७३ फागुन १७ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको लागि आगामी चैत्र २९ गते निर्वाचन हुने भएको छ । आज बसेको महासंघको कार्यसमितिको बैठकले चैत २८ गते उद्योग वाणिज्य दिवस मनाउने र २९ गने नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
यस पटकको निर्वाचनमा अध्यक्ष पदको लागि मदतान हुने छैन । गत मंसिरमा सम्पन्न महासंघको विशेष साधारणसभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरेको छ ।

अध्यक्षको सट्टा वरिष्ठ उपाध्यक्ष पदका लागि चर्को प्रतिप्रर्धा हुनेछ । यस पदका लागि वर्तमान उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छा आकांक्षी छन् । अन्ततः प्रधान र गोल्छाबीच निर्वाचन हुने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

निजी क्षेत्रको छाता संगठनको रुपम स्थापित महासंघको निर्वाचनले मध्यम र ठूलो व्यवसायी तथा व्यवसायीक संघ संस्था सबैलाई आकर्षित गर्छ । महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ सदस्य १०५ वटा छन् । एसोसिएट सदस्य ८४७ वटा छन् । ९९ वटा वस्तुगत संघ सदस्य छन् । २० वटा दिराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.